माओवादी सच्चिएन भने सकिन्छ : लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्र नौ महिना अघि सरकारबाट बाहिरिएपछि सच्चिने भन्दै देशव्यापी अभियानमा निस्किएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेता आम मानिसको घरमा बसेर गास, बास गर्दै राजनीतिक अभियान चलाइरहेका छन् । के माओवादी साँच्चै सच्निन खोजिरहेको हो ? हो भने माओवादी के कुरामा बिग्रेको थियो र के सच्चयाउँन खोजिएको हो ? कान्तिपुरको भिडियो कुराकानीमा माओवादी नेता लेखनाथ न्यौपासँग कान्तिपुर संवाददाता गंगा बीसीले विस्तृतमा कुराकानी गरेका छन् ।

२०६२, २०६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएको माओवादी विगतका अधिकांश सरकारमा सहभागी भएको थियो । पछिल्लो समय अध्यक्ष दाहाललगायत नेताहरुले विगतमा गल्ती नगरी जनतातिर फर्कने प्रतिवद्धता व्यक्त गर्दै आएपनि त्यसउपर आम शंसय कायम नै छ । 

राजनीतिक दलहरुकै अक्षमताका कारण आम मानिसमा असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । यही असन्तुष्टिको धरालतमा टेकेर पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय भएका हुने भन्ने विश्लेषण एकातिर छ । के माओवादी साँच्चिकै सचिन्छ वा सकिन्छ ? किन माओवादीभित्र नवधनाढ्यको जन्म भयो ?  युवा पुस्तालाई आशा जगाउन दलहरु कहाँ चुके ? 

माओवादीभित्रका खरो आलोचक नेता लेखनाथ न्यौपानेले भिडियाे कुराकानीमा यिनै बिषयमा उत्तर दिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully