काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को गत साता सकिएको महाधिवेशनले बाबुराम भट्टराईको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । ९९ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दा कान्छा केन्द्रीय सदस्य हुन् २३ वर्षीय अमित खनाल ।
भारतमा इन्जिनियरिङ अध्ययन सकेर गत वर्ष स्वदेश फर्केका उनी नेपालको राजनीति सही मार्गमा लैजान युवाहरू नै आउनुपर्ने बताउँछन् । खनाल किन राजनीतिमा आए त ? उनले कुराकानीमा राजनीतिमा आउनुको कारण खुलाए ।