उमेर पुगेर अनिवार्य अवकाश पाउनेभन्दा राजीनामा दिनेको संख्या दोब्बर, आर्थिक अभाव नै प्रमुख कारण, तल्लो तहका जागिर छाड्नेहरू प्रायः वैदेशिक रोजगारीमा
काठमाडौँ — बुटवलका कुमार पौडेल २०६७ मा नेपाल प्रहरीमा जवानमा भर्ती भएका थिए । बीचमा बढुवा भएर सहायक हवल्दार भए । तर सेवा प्रवेशको १२ वर्षमै प्रहरीबाट राजीनामा दिएर बिदेसिए । अहिले उनी वैदेशिक रोजगारीका क्रममा पोर्चुगलमा छन् ।
‘प्रहरीको जागिरले परिवार चलाउन गाह्रो भयो । बचत त गर्नै नसकिने भयो,’ ३१ वर्षीय पौडेलले भने, ‘पोर्चुगलमा दुई घण्टा काम गर्दा नेपालमा आठ घण्टा काम गरे बराबर पारिश्रमिक हुन्छ ।’
२०७२ मा नेपाली सेनाको सिपाही बनेका चितवनका विजय घिमिरेले ६ वर्षमै राजीनामा दिए । ‘शारीरिक रूपमा सक्षम हुनुपर्थ्यो, रासन भत्ताले मात्र डाइट पुग्दैनथ्यो । १८ महिनामा दुई जोर कपडा र बुट मात्र पाइन्थ्यो । तलब बचत गर्न गाह्रो भएपछि जागिर छोडें,’ उनले भने ।
राजीनामा दिने बेला उनको तलब २४ हजार रुपैयाँ थियो । घिमिरे अहिले संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा सीसीटीभी क्यामेरा अपरेटर र सेक्युरिटी गार्डका रूपमा कार्यरत छन् । नियमित रूपमा घरमा पैसा पठाइरहन पाएकामा अहिले आफू खुसी रहेको उनले सुनाए ।
पूरा पढ्न : ५ वर्षमा १० हजार सैनिक र प्रहरीले जागिर छाडे