कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

माओवादी पदाधिकारी बैठक : राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । 

माओवादी पदाधिकारी बैठक : राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई

बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताए । महराले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताए ।

‘आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपतिको बारेमा नै चर्चा भयो । हामीले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेका छौँ । राष्ट्रिय सहमति खोज्ने कुरा नै हाम्रो नीति हुनुपर्छ भन्ने कुरा भयो । प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिने अधिकार दिने निर्णय भयो र अन्य पार्टीका पदाधिकारीहरुसँग छलफल गर्ने निर्णय भयो,’ उनले भने ।

उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए ।

प्रकाशित : फाल्गुन ८, २०७९ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?