१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

देउवाको आग्रह- 'सकेसम्म सहमतिबाटै नेतृत्व छानौं'

काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी महाधिवेशन लगत्तै आम निर्वाचन भएकाले त्यसलाई प्रभाव पार्ने गरी अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने बताएका छन् । सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नु राम्रो भएको उनको तर्क थियो ।‘सकभर सहमतिबाटै नेतृत्व टुंगो लगाऔं । तर त्यसो भएन भने अस्वस्थ प्रतिस्पर्धा र कटुता नहोस्, म सबैलाई आग्रह गर्दछु,’ देउवाले भने, ‘महाधिवेशन लगत्तै आमचुनाव छ, पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’

देउवाको आग्रह- 'सकेसम्म सहमतिबाटै नेतृत्व छानौं'

उनले कांग्रेसको महाधिवेशन प्रजातन्त्रको भविष्यका लागि समेत अर्थपूर्ण हुने भन्दै अस्वस्थ प्रतिस्पर्धा नगर्न नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिएका थिए । ‘सबैतिर उत्साह छाएको छ, उत्साहसहित काठमाडौं आउनुभएको छ, अब सबै उत्साहका साथ गाउँ घर फर्केर पार्टीलाई चुनाव जिताउन लाग्न अनुरोध छ,’ देउवाले भने ।

सहमहामन्त्री प्रकासशरण महतको पुस्तक विमोचन गर्दै बिहीबार देउवाले यो महाधिवेशनपछि कांग्रेसले बहुमत प्राप्त गर्ने शक्ति आर्जन गर्नुपर्ने बताए । ‘प्रतिस्पर्धाबाट हुने जित-हारलाई सामान्य रुपमा लिनुपर्छ, हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेका कुरा पनि सुनेर जानुपर्छ,’ देउवाले भने ।

प्रकाशित : मंसिर २३, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?