हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण भइरहेको छ : दाहाल- भिडियो - कान्तिपुर समाचार

हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण भइरहेको छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन् । सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका हुन् ।नेकपा माओवादी केन्द्रका नेतामा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको उनको भनाइ थियो । उनले समाजको विकास र न्यायका निम्ति पनि पार्टी र आफूहरुमा रुपान्तरण देखिनुपर्ने बताए ।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाए पनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको आरोप लगाएको बताए । नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको उनको आरोप थियो ।थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने उनको दाबी थियो । माओवादी केन्द्रले मात्रै साँचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने उनको भनाइ थियो ।

प्रकाशित : आश्विन ४, २०७८ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्

रुसी विश्वविद्यालयमा गोली चल्यो : ८ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — रुसको एउटा विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ ।

पर्म शहरको पर्म स्टेट युनिभर्सिटीममा चलेको गोलीबारीमा ८ जनाको मृत्यु भएको र ६ जना घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान गर्न बनेको कमिटीका अनुसार विश्वविद्यालयकै एक जना विद्यार्थीले गोली चलाएका हुन् । घटनास्थल राजधानी मस्कोबाट करिब १३०० किलोमिटरको दूरीमा रहेका छन् ।

आक्रमणकारीको पहिचान भएको र नियन्त्रणमा लिने क्रममा घाइते भएको तासले जनाएको छ । आक्रमणपछि विश्वविद्यालयभित्र रहेका विद्यार्थी र अध्यापकहरू भवनभित्रै रहेका थिए भने केही विद्यार्थी झ्यालबाट हाम फालेका थिए ।

प्रकाशित : आश्विन ४, २०७८ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×