कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फिर्ता

काठमाडौँ — अफगानिस्तानबाट ११८ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका ११८ नेपाली र ९ भारतीयसहित १२७ जनालाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो ।

अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फिर्ता

उनीहरु अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट स्वदेश फर्किएका नागरिकहरुले अमेरिका दूतावासमा रहेका कारण आफूहरुलाई समस्या नभएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : भाद्र १, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?