अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फिर्ता

भाद्र १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — अफगानिस्तानबाट ११८ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका ११८ नेपाली र ९ भारतीयसहित १२७ जनालाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो ।

उनीहरु अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट स्वदेश फर्किएका नागरिकहरुले अमेरिका दूतावासमा रहेका कारण आफूहरुलाई समस्या नभएको प्रतिक्रिया दिएका छन् । 

कान्तिपुर

Link copied successfully