काठमाडौँ — कोटेश्वरदेखि कलंकीसम्म १०.२ दशमलव सडकखण्डको स्वरुप यतिबेला फेरिएको छ । निषेधाज्ञाको बेला शान्त रहेको यो सडकखण्डमा अहिले वरिपरि फुलेका फूलहरु र हरियालीले धेरै मनमोहक बनाएको छ । आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल आजियाटा लिमिटेडले वन तथा भू-संरक्षण विभागसँगको सहकार्यमा यो सडकखण्डको ग्रिनबेल्ट क्षेत्रमा हरियाली निर्माण गरिरहेको छ ।
यतिबेला यो सडकखण्ड हरियाली बनाउने काम अन्तिम चरणमा पुगेको छ। निषेधाज्ञाको समयमा पनि बिरुवाहरुमा पानी हाल्ने र गोडमेलको काम भइरहेको छ। विभिन्न प्रजातिका फूलहरु र रुखहरुले गर्दा यो सडकखण्ड निकै आकर्षित देखिन्छ।