२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कटिया बनाउने तरिका

काठमाडौँ — कटिया माटोको भाँडामा पकाइने खसीको मासुको विशेष परिकार हो  । मासुका पारखीमाझ कटिया लोकप्रिय छ । कटिया नेपालको रौतहटको रैथाने परिकार हो  । रौतहटको कटहरिया बजार यसको उद्गमस्थल मानिन्छ । पानीको मिश्रण नहुने र माटोको भाँडामा पाक्ने भएकाले पनि यसको स्वाद विशेष हुने गर्दछ ।

कटिया बनाउने तरिका

३०० ग्राम कटिया बनाउनका लागि सबैभन्दा पहिले विशेष खालको माटोको भाँडा आवश्यक पर्दछ  ।सफा गरिएको भाँडामा १०० ग्राम जति प्याज हालिन्छ । यससँगै लसुन १० पोटी, सुकेको खुर्सानी दुईवटा, जिरा, बेसार, नुन र तोरीको तेल माटोको भाँडामा हालिन्छ ।

अब यस भाँडामा १२/१३ टुक्रा खसीको मासु माथिबाट राखिन्छ र त्यस भाँडालाई आधा घन्टाजति कोइलाको आगोको भुङ्ग्रोमा पकाइन्छ । अब प्याज पाकिसकेपछि यसमा १२/१३ थरीका गरम मसला मिसाइन्छ र टिमुर हालेर पुन: १५ /२० मिनेट आगोमा पकाइन्छ । यति गरेपछि कटिया तयार हुन्छ । कटिया जुनै मौसममा जुनसुकै परिकारसँग खान सकिन्छ ।

प्रकाशित : माघ १२, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?