२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

चक्र बम भन्छन्- 'ओए काजल ! लकडाउनले कमाल गर्‍यो'

कान्तिपुर संवाददाता

काठमाडौँ — रिया जाने निहुँमा २०६९ मा कर्णालीबाट काठमाडौं आए चक्र बम । मनमा गायन क्षेत्रमा प्रवेश गर्ने हुटहुटी थियो । तर परिवार उनलाई व्यवसाय गर्न हौस्याउँथे । दुईजना दाइ व्यवसाय र अर्का सेनाका जागिरे । उनलाई आफ्नो करियर संगीतमै बनाउनु थियो ।

चक्र बम भन्छन्- 'ओए काजल ! लकडाउनले कमाल गर्‍यो'

काठमाडौंमा आएर सुरुमै सेनामा भर्ती हुनका लागि दरखास्त दिएका थिए तर सफल भएनन् । त्यसपछि परिवारको करले उनले कोरियन भाषा पढे । उनको ध्यान पढाइतिर कम संगीततिर बढी जान थाल्यो । सुदूरपश्चिमका कलाकारसँग नजिक हुने, स्टुडियो जाने माहोल बन्न थाल्यो । ५० हजार बढी खर्चेर पहिलो गीत निकाले । गीत खासै चलेन । परिवारलेसमेत गीत सार्वजनिक भएको ४ महिनापछि मात्रै थाहा पाए ।

गीत रेकर्ड गर्न काठमाडौं गएको कि विदेश जान ? पहिलो गीतबारे सुनेपछि परिवारले उनलाई सोधेका थिए । उनी अनुत्तरित भए । त्यसबीच कोरियन भाषा परीक्षा ईपीएसमा उनको नाम निस्केन । परिवारलाई अन्य देश जाने प्रकिया चालेको बहाना गर्दै दोस्रो देउडा गीत रेकर्ड गराए । त्यो पनि दर्शकको नजरमा परेन । दुईवटा गीत निकालिसकेपछि कुन क्षेत्रमा करिअर बनाउने ? चक्र अलमलमा परे । गाउँ फर्कने मन भएन । काठमाडौंमै बस्ने निधो गरे । एकजना दाइको सहयोगमा दोहोरी साँझतिर काम थाले । 'कोठा भाडा तिर्नकै लागि दोहोरी साँझमा काम गरेँ । परिवारसँग खर्च माग्‍न पनि भएन । मलाई संगीतमै केही गरेर देखाउनुथियो,' उनले पुराना दिन सम्झिए ।

प्रकाशित : श्रावण १३, २०७७ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?