आफ्ना नागरिक घर लैजाँदै स्थानीय तह

वैशाख ९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — आज लकडाउनको २९ औं दिन । सरकारले आवतजावतमा कडाइ गरे पनि सर्वसाधारणहरु अझै हिँडेरै घर गइरहेका छन् ।यसैबीच सिन्धुलीको सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिका, जिल्ला र पूर्व जाने सर्वसाधारणलाई सवारीसाधनको व्यवस्था गर्दै घर पठायो ।

सोमबार र मंगलबार मात्रै करिब ६५ सय जनालाई घर पठाइयो । भक्तपुरको जगाते र काभ्रेको बनेपामा जम्मा गरेर उनीहरुलाई घर पठाइएको हो । घर जानेहरुको ज्वरो र सामान्य स्वास्थ्य जाँच गरेर घर पठाइएको हो ।

संघीय सरकारले आवतजावतमा कडाइ गरे पनि स्थानीय सरकारले भने आफ्ना नागरिकलाई घर जाने बन्दोबस्त मिलाइरहेको छ ।

कान्तिपुर

Link copied successfully