दियालो टेक्नोलोजिजले भित्र्यायो जलस्रोत, माटो र वातावरण पुनर्जीवन गर्ने टेक्नोलोजी

दियालो टेक्नोलोजिज प्रालि र भारतको बायोरिटिन बायोसाइन्सेस प्रालिबीच उक्त प्रविधिलाई नेपालमा विस्तार तथा कार्यान्वयन गर्ने सम्बन्धमा हालै सम्झौता भएको छ ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

Diyalo Technologies introduces technology to revitalize water resources, soil, and the environment

What you should know

काठमाडौं — दियालो टेक्नोलोजिजले जलस्रोत, माटो र वातावरण पुनर्जीवन गर्ने अत्याधुनिक जेन-४ नानो-बायो टेक्नोलोजी भित्र्याएको छ । दियालो टेक्नोलोजिज प्रालि र भारतको बायोरिटिन बायोसाइन्सेस प्रालिबीच उक्त प्रविधिलाई नेपालमा विस्तार तथा कार्यान्वयन गर्ने सम्बन्धमा हालै सम्झौता भएको छ।

यस सहकार्यसँगै नेपालमा जलस्रोत पुनर्जीवन, औद्योगिक फोहोर पानी व्यवस्थापन तथा माटो सुधारका लागि अन्तर्राष्ट्रियस्तरको जैविक प्रविधि पहिलो पटक व्यावसायिक रूपमा उपलब्ध हुने दियालो टेक्नोलोजीको दाबी छ ।

सम्झौताअनुसार बायोरिटिनले विकास गरेका नानो-बायो टेक्नोलोजीमा आधारित वातावरणीय समाधानहरू नेपालमा दियालो टेक्नोलोजिजमार्फत विस्तार गरिनेछ।यी प्रविधिहरूले प्रदूषित पानीको प्राकृतिक रूपमा प्रशोधन गर्नुका साथै नदी, खोला, नाला, ताल, पोखरी तथा माटोको प्राकृतिक गुण र पारिस्थितिक प्रणाली पुनर्जीवित गर्न सहयोग गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।यी प्रविधिहरू जलाशय पुनर्जीवनका अतिरिक्त औद्योगिक फोहोर पानी प्रशोधन, कृषि उत्पादनमा रासायनिक पदार्थको प्रयोग न्यूनीकरण, माटोको गुणस्तर सुधार, गल्फ कोर्स तथा सार्वजनिक हरियाली व्यवस्थापन, पशुपालन फार्मको सरसफाइ तथा जैविक फोहोरलाई गुणस्तरीय प्राङ्गारिक मलमा रूपान्तरणलगायत क्षेत्रमा पनि उपयोग गर्न सकिन्छ।

दियालोका अनुसार आधुनिक डिजिटल प्रविधि र जैविक विज्ञानको संयोजनमार्फत बागमती, रुद्रमती, इच्छुमतीलगायत धार्मिक तथा ऐतिहासिक महत्वका नदी, ताल र पोखरीहरूको संरक्षण तथा पुनर्जीवनमा प्रभावकारी समाधान उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार यस प्रविधिको सफल प्रयोग भारत, मलेसिया, भियतनाम, थाइल्याण्ड तथा संयुक्त राज्य अमेरिकासहित विभिन्न देशहरूमा भइसकेको छ। नयाँदिल्लीको दिल्ली गल्फ क्लब, मलेसियाको सुङ्गाई गोङ नदी तथा भारतको मथुरास्थित राधेश्याम कुण्डलगायत परियोजनामा पानीको गुणस्तरमा उल्लेखनीय सुधार देखिएको जनाइएको छ।

दियालो टेक्नोलोजिजकी प्रोजेक्ट म्यानेजर मेलिना खानालले भनिन्, 'हाम्रो लक्ष्य प्रदूषण नियन्त्रणमा मात्र सीमित नरही जलस्रोत, माटो र प्राकृतिक वातावरणको पुनर्जीवनका लागि वैज्ञानिक, दिगो र वातावरणमैत्री समाधान उपलब्ध गराउनु हो । यस साझेदारीले नेपालमा वातावरण संरक्षणका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिएका छौं ।'

कान्तिपुर

Link copied successfully