सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध

यसै साताको सुरुमा पनि विश्वव्यापी रूपमै एक्स नचल्ने भएको थियो ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Social media platform 'X' blocked

काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध भएको छ । यो साता दोस्रोपटक भएको यस्तो समस्याले विश्वका हजारौं व्यक्ति प्रभावित भएको इकोनमिक टाइम्सले जनाएको छ ।

पछिल्लो एक घण्टायता नेपालसहित देशहरूमा एक्सका अपडेटहरू आएका छैनन् ।

इन्टरनेट प्लाटफर्महरूको आउटेज ट्रयाक गर्ने डाउन डिटेक्टर डटकमले शुक्रबार साँझ ७७ हजारभन्दा बढी प्रयोगकर्ताहरूले एक्समा समस्या आएको रिपोर्ट गरेको जनाएको छ । यस्तो समस्या वेबबेस्ड र मोबाइल एप दुवैमा देखिएको छ । क्लाउडफ्लेयर इरर समस्या भएको सूचना आउने गरेको छ ।  

यसै साताको सुरुमा पनि विश्वव्यापी रूपमै एक्स नचल्ने भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully