प्रविधि पत्रकार मञ्चको अध्यक्षमा दुवाल चयन

नव-निर्वाचित कार्यसमितिमा समावेश पदाधिकारीहरूले सूचना प्रविधि क्षेत्रको पत्रकारिता र पत्रकारहरूको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने बताएका छन्।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Duwal elected as chairman of Technology Journalists Forum

काठमाडौँ — प्रविधि पत्रकार मञ्च (टीजेएफ) को अध्यक्षमा पूर्णभक्त दुवाल चयन भएका छन्। बुधबार राजधानीमा सम्पन्न संस्थाको बाह्रौँ साधारण सभा तथा अधिवेशनले दुवालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समितिको उपाध्यक्षमा गणेश सुवेदी, सचिवमा अनिल न्यौपाने, सहसचिवमा हिक्मत आचार्य र कोषाध्यक्षमा सजना बराल चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा कमल केसी, शिव बस्नेत, युवराज गौतम र मुना कुँवर रहेका छन्। नवनिर्वाचित कार्यसमितिले सूचना प्रविधि क्षेत्रको पत्रकारिता प्रवर्द्धन र पत्रकारहरूको क्षमता अभिवृद्धिमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully