गुगल- एप्पलले सहकार्य गर्दै, एन्ड्रोइडबाट आईफोनमा डाटा ट्रान्सफर सहज हुने 

गुगल र एप्पलले आपसमा डाटा ट्रान्सफरका लागि सहकार्य गर्दैछन् ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

Google-Apple collaboration to make data transfer from Android to iPhone easier

एजेन्सी — गुगलको पिक्सल १० सिरिजको डिभाइसले एप्पलको एयरड्रप पनि सर्पोट गर्नेछ ।

एन्ड्रोइडबाट आइफोन र आइफोनबाट एन्ड्रोइडमा सिफ्ट हुनु धेरैका लागि कठिन हुन्छ । मुभ टु आईओएसजस्ता एप्सले पहिलेको दाँजोमा डाटा ट्रान्सफरलाई केही सहज बनाइदिएका छन्, तर अझै पनि केही कठिनाई कायम छन् ।

पुरानो फोनबाट नयाँमा डाटा ट्रान्सफर गर्नमै घण्टौं लाग्नसक्छ । तर अब यी सबै समस्याबाट मुक्त हुने दिन नजिकिंदै छ । गुगल र एप्पलले आपसमा डाटा ट्रान्सफरका लागि सहकार्य गर्दैछन् ।

जसअनुसार, गुगलको पिक्सल १० सिरिजको डिभाइसले एप्पलको एयरड्रप पनि सर्पोट गर्नेछ ।  एन्ड्रोइडको पछिल्लो डेभलपर बिल्ड ( एन्ड्रोइड क्यानरी) र आईओएस २६ को बेटा भर्सनमा यी फिचरहरु छन् ।   तत्कालका लागि पिक्सल सिरिजका डिभाइस (पिक्स १०, ९, ९) र आईफोनमा डाटा ट्रान्सफर संभव हुनेछ ।

जसरी आईफोनबाट आईफोन र एन्ड्रोइडबाट एन्ड्रोइडमा सहजै डाटा ट्रान्सफर हुन्छ, त्यसरी नै नयाँ फिचर्सले आईफोनबाट एन्ड्रोइडमा सहज रूपमा डाटा ट्रान्सफर गर्नेछ । 

कान्तिपुर

Link copied successfully