गुगलले ल्यायो जेमिनाई ३.०, अहिलेसम्मकै एडभान्स एआई मोडल भएको दाबी 

गुगल सर्च एआई मोड, जेमिनाई एप, गुगल एआई स्टुडियो र भर्टेक्स एआईमार्फत यसको प्रयोग गर्न सकिने छ ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Google launches Gemini 3.0, claims it is the most advanced AI model yet

What you should know

एजेन्सी — गुगलले जेमिनाई ३.० लन्च गरेको छ । यो अहिलेसम्मकै एडभान्स एआई मोडल रहेको गुगलको दाबी छ । उसले यसलाई एआई विकासमा महत्वपूर्ण कोशेढुंगा भनेको छ । केही समयअघि मात्रै गुगलको प्रतिस्पर्धी कम्पनी ओपन एआईले च्याटजिपिटी ५ लन्च गरेको थियो ।

जेमिनाई ३.० ले  ‘स्टेट अफ द आर्ट रिजनिङ क्यापासिटिज र अद्भूत डेफ्थ’ प्रदर्शन गर्ने कम्पनीको दाबी छ । गुगलका सिइओ सुन्दर पिचाईले यस मोडललाई विश्वकै उत्कृष्ट मल्टीमोडल अन्डरस्ट्यान्डिङ मोडलका रुपमा व्याख्या गरे । 

आफ्नो सुपेरियर कोडिङ र एजेन्टिङ सामथ्र्यमार्फत यसले सोचहरुलाई जीवन्तता दिने उनले बताए । 

हस्तलिखित सामाग्रीहरुलाई धेरै भाषामा अनुवाद गर्नसक्ने, शैक्षिक कन्टेन्टबाट अन्तक्रिर्यात्मक पठन सामाग्री जेनेरेट गर्नसक्ने, खेलकुदको प्रदर्शनका भिडियो विश्लेषण गर्नसक्ने र जटिल प्रम्प्ट्सबाट सहज वेव इन्टरसेफहरु सिर्जना गर्नसक्ने विशेषता यसमा रहेको छ । 

अन्य र्भसन यसमा के फरक छ ?

एआई रिजनिङ र कन्टेक्स्ट्युल अन्डरस्ट्यान्डिङमा जेमिनाई ३.० ले ठूलो फड्को मारेको गुगलको दाबी छ ।  कम प्रम्प्ट्सकै आधारमा यसले वास्तविक नतिजा दिने र प्रयोगकर्ताका मनसाय र सन्दर्भलाई यसले विगतका भर्सनको दाँजोमा राम्रो तवरले व्याख्या गर्ने बताइएको छ । यसले एकैपटक अक्षर, तस्विर, भिडियो, अडियो र कोड दिनसक्छ , जो पुराना भर्सनहरुमा उपलब्ध थिएन । 

प्रयोग कसरी गर्ने ?

गुगलका  सम्पूर्ण इकोसिस्टममा आजदेखि जेमिनाई ३.० प्रयोग गर्न सकिनेछ । गुगल सर्च एआई मोड, जेमिनाई एप, गुगल एआई स्टुडियो र भर्टेक्स एआईमार्फत यसको प्रयोग गर्न सकिने छ । 

कान्तिपुर

Link copied successfully