७१ अध्ययनको निष्कर्ष : ‘सर्ट भिडियो प्लेटफर्मको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा समस्या’

टिकटक मात्र प्रयोग गर्नेको तुलनामा धेरै प्लेटफर्म प्रयोग गर्ने व्यक्तिहरूमा नकारात्मक असर बढी देखिएको छ ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

71 Study Conclusion: 'Overuse of short video platforms causes mental health problems'

What you should know

काठमाडौँ — टिकटक, इन्स्टाग्राम रिल्स, युट्युब सर्ट्सलगायत सर्ट भिडियो प्लेटफर्मको प्रयोग बढ्दै जाँदा मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको एक अध्ययनले देखाएको छ । ७१ अध्ययनको डेटालाई समेटेर तयार गरिएको विश्लेषणले यस्तो निष्कर्ष निकालेको हो ।

९८ हजार २९९ सहभागीबीच गरिएको यस अध्ययनले छोटो भिडियोको अत्यधिक प्रयोग गर्ने व्यक्तिहरूमा ध्यान केन्द्रित गर्ने क्षमता, स्मरणशक्ति तथा आवेग नियन्त्रण क्षमता कमजोर हुने देखिएको हो। 

साइकोलोजिकल बुलेटिन जर्नलमा प्रकाशित यस अध्ययनअनुसार छोटा भिडियोहरूले सबैभन्दा बढी असर ध्यान (एटेन्सन) केन्द्रित हुनमा परेको छ । साथै यसैका कारण आवेग नियन्त्रण गर्न पनि कठिनाइ हुन्छ । स्मरणशक्ति, वर्किङ मेमोरी र भाषा बुझाइमा नकारात्मक प्रभाव देखिए पनि तर्क क्षमतामा भने कुनै असर नपरेको अध्ययनमा उल्लेख छ।

मानसिक स्वास्थ्यका सन्दर्भमा पनि छोटो भिडियो प्रयोगले नकारात्मक असर पारेको भेटिएको अध्ययनमा उल्लेख छ । मानसिक स्वास्थ्यमा समस्या देखिनुका साथै चिन्ता (एन्जाइटी) र तनाव (स्ट्रेस) पनि बढाउने अध्ययनमा उल्लेख छ । 

71 Study Conclusion: 'Overuse of short video platforms causes mental health problems'अनुसन्धाता (रिसर्चर)हरूका अनुसार छोटो भिडियोको तीव्र गति, उत्तेजना र तुरुन्तै परिवर्तन हुने दृश्यहरूले तत्काल सन्तुष्टि खोज्ने प्रवृत्ति बढाउने र लामो समय लाग्ने, ध्यान चाहिने काममा सहनशीलता घटाउने बताएका छन् । विगतमा पढाइ, अनुसन्धान वा एकाग्रता आवश्यक हुने काममा सहजता साथ संलग्न हुने व्यक्तिहरू अहिले लामो समय ध्यान टिकाउन कठिनाइ महसुस गरिरहेको अध्ययनले ठहर गरेको छ ।

उमेर समूहका आधारमा प्रभावमा भने फरक नदेखिएको शोधले जनाएको छ । किशोर, युवा वा वयस्क सबैमा समान असर देखिएको निष्कर्ष सार्वजनिक गरिएको छ । साथै, टिकटक मात्र प्रयोग गर्नेको तुलनामा धेरै प्लेटफर्म प्रयोग गर्ने व्यक्तिहरूमा नकारात्मक असर बढी देखिएको छ ।

छोटो भिडियोका सबै प्रभाव नकारात्मक मात्र छैनन् । अध्ययनका अनुसार यौन शिक्षाजस्ता संवेदनशील विषयहरू बुझाउन, सिर्जनात्मकता बढाउन, मनोरञ्जन दिन तथा मानसिक स्वास्थ्यबारे जागरूकता फैलाउन छोटो भिडियो प्रभावकारी छ ।

कान्तिपुर

Link copied successfully