ट्रम्प र तानको सम्बन्धमा नयाँ मोड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टेलका प्रमुख लिप-बु तानसँगको भेटपछि उनको प्रशंसा गरेका छन् । पहिले ट्रम्पले तानको राजीनामा मागेका थिए ।

श्रावण २८, २०८२

एजेन्सी

A new twist in Trump and Tan's relationship

What you should know

काठमाडौँ — प्रख्यात अमेरिकी बहुर्राष्ट्रिय प्रविधि कम्पनी, इन्टेल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिप-बु तानलाई आफ्नो पदबाट राजिनामा दिन दबाब दिँदै आएका ट्रम्प अहिले फेरि उनै तानको खुलेर प्रशंसा गर्न थालेका छन् । सोमबार तानसँगको भेटपछि ट्रम्पले उनलाई ‘असाध्यै रोचक जीवन-कथा’ भएका व्यक्ती भन्न थालेका हुन् ।    


प्रख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी, इन्टेल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिप-बु तानलाई आफ्नो पदबाट राजीनामा दिन दबाब दिँदै आएका ट्रम्प अहिले फेरि उनै तानको खुलेर प्रशंसा गर्न थालेका छन् । सोमबार तानसँगको भेटपछि ट्रम्पले उनलाई ‘असाध्यै रोचक जीवन-कथा’ भएका व्यक्ती भन्न थालेका हुन् ।    


केही दिनअघि मात्रै ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै तानलाई आफ्नो पदबाट राजीनामा दिन भनेका थिए । त्यति बेला ट्रम्पले तानमाथि 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' (स्वार्थको द्वन्द्व) सम्बन्धी आरोप लगाएका थिए । तर, यस हप्ता ट्रम्पले तानको प्रशंसा गर्दै उनको सफलता र प्रगतिलाई 'आश्चर्यजनक' भनेका छन् ।


उक्त्त भेटमा ट्रम्पसँगै अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुट्निक र अर्थमन्त्री स्कट बेसेन्ट पनि उपस्थित थिए । समाचार संस्था, एपीका अनुसार ट्रम्पका मन्त्रीमण्डल सदस्यहरूले तानसँग सम्पर्कमै रहने बताएका छन् । इन्टेलले तान र ट्रम्पबीच अमेरिकामा प्रविधि र उत्पादनको नेतृत्व गर्न इन्टेलको प्रतिबद्धताको बारेमा छलफल भएको जानकारी दिएका छन् ।


यसबाहेक, तानले आफ्नो चिनियाँ लगानी र वाल्डेन इन्टरनेसनल तथा क्याडेन्स डिजाइन सिस्टम्ससँगको संलग्नताबारे भइरहेको अड्कलबाजीबारे पनि स्पष्टीकरण दिएका थिए । उनले आफ्नो पुरानो भूमिकाका बारे धेरै अफवाह फैलाइएको दाबी गर्दै अमेरिकाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका थिए । साथै, उनले आफ्नो करियरको क्रममा संसारभर धेरै सम्बन्ध बनाएको, तर सधैँ ‘उच्चतम कानुनी र नैतिक मापदण्डभित्र रहेर काम गरेको’ बताएका थिए ।


ट्रम्पले इन्टेल सीईओ तानको आलोचना गरेपछि गत हप्ता कम्पनीको सेयर घटेको थियो । यस प्रकरणको सुरुवात गत हप्ता रिपब्लिकन सांसद टम कटनले इन्टेलका अध्यक्ष फ्र्यांक येरीलाई पत्र लेखेपछि भएको हो । कटनले चिनियाँ कम्युनिस्ट पार्टी तथा जनमुक्ति सेनासँग जोडिएका तानका लगानी र सेमिकन्डक्टर कम्पनीहरूबारे चिन्ता व्यक्त गरेका थिए । तानले कुनै पनि सम्भावित स्वार्थ बाझिने अवस्था हटाउन ती कम्पनीबाट लगानी फिर्ता लिएका छन् कि छैनन् भनी सांसद तानले इन्टेललाई सोधेका थिए ।


त्यस लगत्तै ट्रम्पले ट्रुथ सोसल प्लेटफर्ममा लेखेका थिए, ‘इन्टेलका सीईओ विवादास्पद छन् र उनले तुरुन्तै राजीनामा दिनुपर्छ । यो समस्याको अरू कुनै समाधान छैन ।’ यो समस्यामा ध्यान दिएकोमा उनले सांसद कटनलाई धन्यवाद पनि दिएका थिए । तान गत मार्चमा इन्टेलका सीईओ नियुक्त भएका थिए । सोमबार तानसँग भेटेपछि ट्रम्पले उनको राजीनामाबारे बोल्न छोडेका छन् ।

‘मैले इन्टेलका लिप-बु तानसँग भेटेँ, भेटघाट असाध्यै रमाइलो भयो,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘उहाँको सफलता र उदयको कथा अद्भभुत छ ।’ यससँगै मंगलबार इन्टेलको सेयर मूल्य ३.५ प्रतिशतले वृद्धि भएको थियो ।

एजेन्सी

Link copied successfully