कोल्डप्ले कन्सर्ट क्लिपपछि महिला कार्यकारी अधिकृतले पनि दिइन् राजीनामा

श्रावण ९, २०८२

एजेन्सी

A female executive also resigned after the Coldplay concert clip

काठमाडौँ — डेटा व्यवस्थापनसम्बन्धी सेवा दिँदै आएको अमेरिकी प्रविधि कम्पनी, एस्ट्रोमरकी प्रमुख जनसम्पर्क अधिकृत क्रिस्टिन काबोटले पनि राजीनामा दिएकी छिन् । उनलाई कोल्डप्ले ब्यान्डको कन्सर्टमा सोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को अँगालोमा बेरिएको अवस्थामा ठूलो स्क्रिनमा देखिएको थियो ।

एस्ट्रोनोमरले बीबीसीलाई दिएको जानकारीअनुसार क्रिस्टिनले अब कम्पनीमा काम नगर्ने बताएकी छन् । कोल्डप्ले घटनालगत्तै चौतर्फी आलोचना भएपछि कम्पनीका सीईओ एन्डी बायरनले राजीनामा दिएका थिए । त्यसको एक सातापछि क्रिस्टिन पनि बाहिरिएकी हुन् । बायरनलाई कम्पनीले बिदामा राखेको घोषणा गरेको थियो ।

अमेरिकाको बोस्टन, म्यासाचुसेट्सस्थित जिलेट स्टेडियममा जुलाइ १६ मा भएको कोल्डप्लेको कन्सर्टमा एक पुरुष र एक महिलालाई ठूलो स्क्रिनमा देखाइएको थियो । अँगालोमा बेरियर कन्सर्ट हेरिरहेका उनीहरू स्क्रिनमा आउनासाथ अत्तालिएर मुख छोप्ने र टुक्रुक्क बसेर लुक्ने प्रयास गर्छन् ।

यसरी उनीहरू क्यामेराबाट लुक्ने प्रयास गरेको देखेपछि कोल्डप्लेका भोकलिस्ट क्रिस मार्टिनले माइकमै भनेका थिए, ‘कि त उनीहरू अफेयरमा छन्, कि असाध्यै लजालु स्वाभावका हुन् ।’ अमेरिकी सञ्चार माध्यमहरूले ती दुई व्यक्ति एस्ट्रोनमर कम्पनीका सीईओ र चिफ पिपल अफिसर भएको उल्लेख गरेपछि उक्त क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

ती दुवैले घरमा आफ्ना पति-पत्नीलाई धोका दिएर एक-अर्कासँग ‘डेट’ गरिरहेको भन्दै सामाजिक सञ्जालमा आलोचनासँगै अनेक मीम बनाइएको छ । टेलिभिजन कार्यक्रमहरूमा समेत यसको खिल्ली उडाउने क्रम जारी छ । 

एजेन्सी

Link copied successfully