चलेन च्याटजीपीटी, प्रयोगकर्ताको बढ्यो छटपटी !

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

ChatGPT doesn't work, the user has increased speed!

काठमाडौँ — मंगलबार बिहानदेखि च्याटजीपीटीमा समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । विश्वभरका धेरै प्रयोगकर्ताहरू च्याटजीपीटीले स्लो रेस्पोन्स गरेको र नचलेको गुनासो गरेका छन् । 

‘आउटेज ट्र्याकिंग प्लेटफर्म’को डाउन डिटेक्टरको अनुसार यो समाचार तयार पार्दासम्म सयौं प्रयोगकर्ताले गुनासो गरिसकेका छन् ।  केहीले च्याटजीपीटीबाट उत्तर पाउन सकेका छैनन् भने केहीले ‘नेटवर्क एरर’ देखाएको बताएका छन् ।

ChatGPT doesn't work, the user has increased speed!

धेरै प्रयोगकर्ताहरुले सामाजिक सञ्जालबाटै च्याटजीपीटी प्रयोग गर्न नपाएको गुनासो गरिरहेका छन् । धेरै प्रयोगकर्ता भने आफ्नो नेटवर्कमा समस्या आएको अन्योलमा रहेका थिए । ओपन एआईले भने यो समस्याका बारेमा अध्ययन भइरहेको जनाएको छ । कम्पनीले भनेको छ, ‘केही प्रयोगकर्ताहरूलाई सेवा ढिलो र त्रुटिको समस्या भोगिरहेका छन् । हामी यसको जाँच गरिरहेका छौं।'

च्याटजीपीटी नचलेपछि प्रयोगकर्ताहरू वैकल्पिक 'एआई टुल' हरू चलाइरहेका छन् । गुगलको जेमिनाई, माइक्रोसफ्ट कोपाइलट, परप्लेक्सिटी एआईलगायतका टुलहरू चलाइरहेका छन् । समाचार संस्था रोयटर्सका अनुसार  साप्ताहिक रूपमा ४ सय मिलियनभन्दा बढीले च्याटजीपीटी चलाउँछन् ।

कान्तिपुर

Link copied successfully