आईसीटी अवार्ड २०२० सम्पन्न

अर्थ संक्षेप

काठमाडौं — आईसीटी अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ  । लिभिङ विथ आईसीटीको आयोजनामा सम्पन्न हुवावे आइसीटी अवार्ड २०२० मा विभिन्न ११ विधा र जुरी मेन्सनसहित १२ प्रतिस्पर्धीलाई अवार्ड प्रदान गरियो  ।

आईसीटी अवार्ड २०२० मा राइजिङ स्टुडेन्ट प्रोजेक्ट ‘सन्चै छौ’ देखि आन्तरिक राजस्व विभागससम्मले अवार्ड प्राप्त गरे ।

पायोनियर आईसीटी अवार्डबाट नीलकण्ठ उप्रेती, आन्टरप्रनेर अवार्डबाट विनय बोहोरा, वुमन आइन आईसीटी अवार्डबाट तिमिला यामी, नेपाली डायस्पोरा आईसीटी अवार्डबाट गौरवराज उपाध्याय, एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्डबाट पाइला रिसेसिएटर, स्टार्टअप आईसीटी अवार्डबाट क्रिप्टोजेन नेपाल, प्रडक्ट आईसीटी अवार्डबाट सीपीएफडीएस र जुरी मेन्सन आईसीटी अवार्डबाट हाम्रो स्वास्थ्य सम्मानित भएको आयोजक संस्थाले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरि बस्याल, पूर्वमन्त्री गणेश शाह, योजना आयोगका सदस्य रामकुमार फुयाल र हुवावे नेपालका सीईओ ज्याङ जियोजिङलगायतले विजेतालाई अवार्ड प्रदान गरे ।

प्रकाशित : पुस १४, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?