सुपर-४ मा श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा पुगेको छ । मंगलबार कोलम्बोको प्रेमदासा रंगशालामा श्रीलंकालाई ४१ रनले हराउँदै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।...
एसिया कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो ।
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालको १०० रन पूरा भएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेल्ले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.३ ओभरमा ७ विकेटको क्षतिमा २०० रन पूरा गरेको हो ।
एसिया कपमा नेपालका आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा शेखले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् ।
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालको १०० रन पूरा भएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेल्ले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २१.३ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो । १०० रन पूरा भएसँगै नेपालले कुशल मल्ललाई पनि गुमाएको छ । उनी २ रन बनाएर पेभेलियन फर्किए ।
नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकदिवसीय क्रिकेटमा १ हजार रन पूरा गरेका छन् । सोमबार श्रीलंकाको क्यान्डीमा एसिया कपअन्तर्गतको खेलमा भारतविरुद्धको खेलमा उनले १ हजार रन पूरा गरेका हुन् ।
एसिया कप क्रिकेटमा नेपालविरुद्ध भारतले पहिले बलिङ गर्ने निर्णय गरेको छ । श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेल्ले रंगशालामा टस जितेर भारतले नेपाललाई पहिले ब्याटिङका लागि बोलाएको हो ।
नेपाल र भारत सोमबार श्रीलंकाको क्यान्डीमा एसिया कप क्रिकेटमा आमनेसामने हुँदा मोन्टी देसाई र राहुल द्रविड फेरि एकपल्ट मैदानमा सँगै हुनेछन् । द्रविड प्रशिक्षक रहेको भारत एकरुपको प्रदर्शन गर्ने दाउमा छ भने मोन्टीले नेपाललाई टेस्ट राष्ट्रको अनुभव गराइरहेका छन् ।
एसिया कपअन्तर्गतको दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशले श्रीलंकालाई १६५ रनको लक्ष्य दिएको छ । समूह 'बी' अन्तर्गत श्रीलंकाको पाल्लेकेले रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४२.४ ओभरमा सबै विकेट गुमाउँदै १६४ रन बनाएको हो ।
एसिया कपमा पाकिस्तानविरुद्ध बुधबार खेलेको नेपाली क्रिकेट टोली चार्टर फ्लाइटमा श्रीलंकातर्फ लागेको छ । पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गरेको थियो । तर‚ नेपालको पहिलो खेल भने सोचेजस्तो हुन सकेन ।
कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि पाकिस्तानले एसिया कप क्रिक्रेटको पहिलो खेलमा नेपाललाई ३ सय ४३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको हो ।
एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध पहिलो बलिङ गरिरहेको नेपालले पाँचौं विकेट लिन सफल भएको छ । नेपालका लागि पाँचौं विकेट सोमपाल कामीले लिएका हुन् । उनले बाबर आजमलाई १५१ रनमा आउट गरे । यससँगै पाकिस्तानले ४९.४ ओभर खेल्दै ५ विकेटको क्षतिमा ३३८ रन बनाएको छ ।
नेपालले खेलको २७.५ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ । नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले आघा सलमानलाई मात्र ५ रनमा आउट गरे । यससँगै पाकिस्तानले २८ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२४ रन बनाएको छ ।
नेपालले खेलको २३.४ ओभरमा पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ । नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो । मोहमद रिजवानलाई ४४ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् । यससँगै पाकिस्तानले २३.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ ।
नेपाली खेलप्रेमीहरूका लागि बहुप्रतिक्षित एसिया कप सुरु हुन केही घण्टा मात्र बाँकी छ । उद्घाटन खेलमा नेपाल र आयोजक राष्ट्र पाकिस्तानबीच हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेदेखि सुरु हुनेछ । त्यसअघि मुल्तान क्रिकेट रंगशालामा उद्घाटन समारोह हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री दाहालले जितका लागि शुभकामना व्यक्त गरेका हुन्।
एसिया कप क्रिकेट २०२३ बुधबार सुरु हुँदै छ । यो हुनेछ एकदिवसीय विश्वकपअगाडि भारत, पाकिस्तान र श्रीलंकालाई आफ्नो टिम जाँच्ने अन्तिम अवसर । कुल ६ टिमको सहभागिता रहेको प्रतियोगितामा दुई चिरपरिचित प्रतिद्वन्द्वी अन्त्यसम्म कायम रहने हो भने एक आपसमा तीनपल्ट भिड्ने अवसर जुट्न सक्ने छ । प्रतियोगिताको आयोजक भने पाकिस्तान र श्रीलंका छन् । खेलहरू यी दुई देशमा अनुकूल मिलाएर हुनेछ ।
एसिया कप क्रिकेट अनि भारत र पाकिस्तानसँगको खेल रोहित पौडेल र उनको टिम मात्र नभई नेपाली क्रिकेटले २७ वर्षदेखि देखेको एउटा सपना हो । पाकिस्तानसँग बुधबार मुल्तान क्रिकेट रंगशालामा खेलेर नेपालले झन्डै तीन दशकदेखिको त्यो सपना पूरा गर्दै छ ।