जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार साँझ ७ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव ९९ हजार क्युसेक पुगेको छ ।
कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव घटेको छ । पानीको बहाव घटेपछि शारदा ब्यारेजको बनबासा पुल मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधनका लागि खुला गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार साँझ ७ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव ९९ हजार क्युसेक पुगेको छ । पानी निरन्तर घटने क्रममा रहेको छ । मंगलबार दिउँसो पानीको बहाव १ लाख २४ हजार क्युसेक नाघेको थियो ।
सोमबार रातिदेखि महाकालीमा जलस्तर बढ्न थालेको हो । मंगलबार बिहान पानीको बहाव १ लाख क्युसेक नाघेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको थियो ।
सय वर्ष पुरानो पुल जीर्ण भएकाले जोखिम हुन सक्ने भन्दै नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ ।
