श्रीमान्‌को कुटपिटबाट महिलाको मृत्यु

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेकबहादुर रावतका अनुसार बुधबार दिउँसो सामान्य वाद विवादमा रन बहादुरले श्रीमती पारुमाथि कुटपिट गरेका थिए ।

असार ३२, २०८३

भवानी भट्ट

Woman dies after being beaten by husband

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० मा श्रीमान्‌को कुटाइबाट एक महिलाको मृत्यु भएको छ । ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेकबहादुर रावतका अनुसार बुधबार दिउँसो सामान्य वाद विवादमा रन बहादुरले श्रीमती पारुमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । 

‘वाद विवादमा कुटपिट भएको भन्ने खबर आएको छ, त्यसपछि अस्पताल पनि लगिएको छ,’ डिएसपी रावतले भने, ‘आज बिहान मृत्यु भयो भन्ने खबर आयो ।’ उनले कुटपिट गर्ने रन बहादुरलाई नियन्त्रणमा लिइएको बताए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully