बझाङ जिप दुर्घटनाका घाइतेको उद्धारका लागि गएको हेलिकोप्टर अवतरण हुन सकेन

पहिलोपटक हेलिकोप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रोपटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन ।अहिले घटनास्थलमा एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टिम पुग्दैछ ।

असार २७, २०८३

वसन्तप्रताप सिंह

Helicopter sent to rescue the injured in the Bajhang jeep accident was unable to land

बझाङ — बझाङ जिप दुर्घटनाका घाइते उद्धार गर्नका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ । पहिलोपटक हेलिकोप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रोपटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन ।अहिले घटनास्थलमा एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टिम पुग्दैछ ।

हेलिकोप्टर अवतरण हुन नसकेपछि घाइतेहरुलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइँदैछ । भाेलि माैसम सफा भएपछि हेलिकोप्टरबाट सुविधायुक्त अस्पताल पठाउने तयारी रहेको सीडीओ मुकेशकुमार केसरीले बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते छन् । ज्यान गुमाउनेहरूमा केदारस्यूँ– ७ की बिमला धामी, दुर्गाथली– ६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महत रहेका छन् ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते हुनेको संख्या १३ पुगेको छ । अनय ६ जनाको अवस्था मध्यम रहेको छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully