दुर्घटनामा तीन जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको जानकारी आएको केदारस्युँ गाउँपालिकाका विपद् फोकल पर्सन लेखराज रावलले जानकारी दिएका छन् ।
बझाङ — बझाङमा शनिबार जिप दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना सख्त घाइते भएका छन् ।
केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको जानकारी आएको केदारस्युँ गाउँपालिकाका विपद् फोकल पर्सन लेखराज रावलले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर दिपक विष्टले पनि तीन जना यात्रुको मृत्युको जानकारी प्राप्त भएको बताए । मृतकको पहिचान भएको छन् । दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ ।
![At least 3 killed, 5 seriously injured in jeep accident in Bajhang [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/accident-bajhang-1172026022805-1000x0.jpg&w=1001&h=0)