प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति भएको जोगबुडा अस्पतालले पहिलो पटक आकस्मिक शल्यक्रियामार्फत प्रसूति सेवा सफलतापूर्वक सञ्चालन गरेको छ।
What you should know
डडेल्धुरा — गत पुसमा ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको जोगबुडा प्रादेशिक अस्पतालले पहिलो पटक आकस्मिक शल्यक्रिया (इमर्जेन्सी एलएससीएस)मार्फत प्रसूति सेवा सफलतापूर्वक सञ्चालन गरेको छ ।
अस्पतालका अनुसार बिहीबार १९ वर्षीया गर्भवतीको गर्भावधि नाघेको (पोस्ट–डेट), पाठेघरमा पानीको मात्रा अत्यधिक कम भएको (सिभियर ओलिगोहाइड्राम्नियोस) तथा गर्भावस्थामा देखिने कलेजो/पित्तथैलीसम्बन्धी समस्या (अब्स्टेट्रिक कोलेस्टेसिस) देखिएपछि आकस्मिक शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो। महिला तथा स्क्रीरोग विशेषज्ञ डा. रामकुमार यादवले शल्यत्रियाबाट आमा र शिशु दुवैको अवस्था सामान्य रहेको बताए।
शल्यक्रियामा यादवसहित मेडिकल अधिकृत डा. देवेन्ऽ कठायत, एनेस्थेटिक निरीक्षक खेमराज भट्ट, स्क्रब नर्स उर्मिला मल, सर्कुलेटिङ नर्स बबिता नाथसहितको स्वास्थ्यकर्मी टोली थियो।
सुदूरपश्चिम प्रदेश सरकारले गत पुस २१ मा जोगबुडा अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गरेको थियो। त्यसयता अस्पतालमा विशेषज्ञ जनशक्ति व्यवस्थापन, सेवा विस्तार तथा पूर्वाधार सुदृढीकरणका काम अघि बढिरहेका छन्। प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति भएपछि पहिलो पटक आकस्मिक प्रसूति शल्यक्रिया सफल हुनु अस्पतालका लागि महत्वपूर्ण उपलब्धि भएको अस्पताल प्रशासनको भनाइ छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णराज जोशीले प्रादेशिक अस्पताल घोषणा भएसागै विशेषज्ञ सेवा क्रमशः विस्तार हुादै गएको बताए। पहिलो पटक आकस्मिक प्रसूति शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनु अस्पतालको सेवाको नयाा सुरुआत भएको उल्लेख गर्दै उनले आगामी दिनमा नियमित फ्रसूति शल्यक्रिया, सामान्य शल्यत्रिया तथा अन्य विशेषज्ञ सेवासमेत थप विस्तार गरिने जानकारी दिए। यसबाट परशुराम नगरपालिका, आलिताल गाउँपालिका तथा भारतसँग सीमा जोडिएका आसपासका क्षेत्रका बिरामीले सामान्य उपचारदेखि विशेषज्ञ सेवासम्मका लागि धनगढी, नेपालगञ्ज वा अन्यत्र धाउनुपर्ने बाध्यता क्रमशः कम हुने विश्वास उनले गरे।
विशेषज्ञ सेवा थपिँदै जाँदा अस्पतालले स्थानीयस्तरमै गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको डा. जोशीले बताए। यसअघि बुधबार ५२ वर्षीय एक पुरुषको हर्निया र हाइड्रोसिलको सफल शल्यक्रिया गरिएको थियो।
