घरमै पुगेर सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले थमायो चिट

आफ्नै निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

असार १८, २०८३

रञ्जना बिसी

Traffic police hand over a chit to the Chief Minister of Sudurpaschim at his home

कैलाली —  

आफ्नै निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको तस्बिर र भिडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक प्रहरीको फन्दामा परेका हुन् ।

अधिकांश समय वैशाखीको सहारामा हिँड्ने शाहले साँझपख निवासभित्रै हेलमेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमा पोस्ट गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

चौतर्फी विरोधपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यको नेतृत्वमा रहेको टोली मुख्यमन्त्री निवासमै पुगेको थियो । प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार मुख्यमन्त्रीलाई जरिवानाको चिट थमाएको जनाएको छ ।

सवारी ऐन २०४९ ले मोटरसाइकल चालकका लागि अनिवार्य हेलमेटको व्यवस्था गरेको छ । सोही कानुनको बर्खिलाप गरेको भन्दै प्रहरीले शाहलाई पहिलो पटकको कसुर बमोजिम ५०० रुपैयाँ जरिवाना तिराएको हो । ऐनमा नियम उल्लंघन गरेमा पटकैपिच्छे जरिवानाको दर बढ्दै जाने (५०० देखि १५०० सम्म) व्यवस्था छ ।

कतिपयले कम्पाउण्डभित्र भएकाले यसलाई सामान्य रुपमा लिनुपर्ने र चिट काट्न जरुरी नभएको बताएका छन् ।

रञ्जना

Link copied successfully