सुदूरपश्चिम विश्वविद्यालयका २४ सय ८९ विद्यार्थी दीक्षित, दुई जनाले गरे पहिलो विद्यावारिधि

शुक्रबार शिक्षा मन्त्री सस्मित पोखरेलले विभिन्न संकायका २४८९ विद्यार्थीलाई दीक्षान्तमा प्रमाणपत्र र पदक प्रदान गरेका छन् ।

असार १२, २०८३

भवानी भट्ट

2,489 students graduate from Sudurpaschim University, two earn first doctorate

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको छटौं दीक्षान्त समरोह सम्पन्न भएको छ । शुक्रबार विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विभिन्न संकायका करिब अढाई हजार विद्यार्थीलाई दीक्षित गरेका हुन् । 

विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि अध्ययन पूरा गरेका २ हजार ४ सय ८९ जना विद्यार्थी दीक्षित भएका हुन् । विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विभिन्न पदक प्रदान गरिएको छ । 

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले विश्वस्तरमा विद्यार्थीलाई चाहिने विषय समावेश गरेर विदेशिने विद्यार्थीलाई यही रोक्न सक्नुपर्ने बताए । ‘विद्यार्थीहरु कुन विषय अध्ययन गर्न विदेशिनु परिरहेको छ, त्यही विषय समावेश गरेर विद्यार्थीलाई यही रोक्नुपर्छ,’ उनले भने । 

मन्त्री पोखरेलले टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित ३ सय विघा जमिन विश्वविद्यालयको प्रायेगमा ल्याउन पनि पहल भइरहेको बताए । उनले अतिक्रमण हटाएर उक्त जमिन विश्वविद्यालयको प्रयोगमा छिट्टै ल्याइने बताए ।

दीक्षान्त समारोह साहित्यकार एवं शिक्षाविद् तुलसीप्रसाद जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । २०६७ मा स्थापना भएको विश्वविद्यालयका १६ आंगिक र ३१ सम्बन्धन प्राप्त क्याम्पसमा २४ हजार बढी विद्यार्थी अध्ययनरत छन् । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully