रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट निर्वाचित

सोमबारदेखि सुरू भएको प्रदेश अधिवेशनले सभापतिको टुंगो लगाए पनि कार्यसमितिका अन्य पदहरूको चयन भने बाँकी नै छ ।

असार २, २०८३

रञ्जना बिसी

Prakash Bista elected as the president of the RSVP Sudurpaschim

कैलाली — रास्वपा सुदूरपश्चिम प्रदेशको नेतृत्व पुनः प्रकाश विष्टको दोहोरिएका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा विष्ट भारी मतान्तरसहित प्रदेश सभापतिमा विजयी भएका हुन् ।

निर्वाचनको मतपरिणामअनुसार, विष्टले ३५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी जनकसिंह धामीले १५४ मत मात्रै पाएका थिए ।  विष्ट २०४ मतको फराकिलो अन्तरले सभापति चयन भएका हुन् ।

नवनिर्वाचित सभापति विष्ट यसअघि पनि रास्वपा सुदूरपश्चिमको तदर्थ समितिको सभापति भएर काम गरिसकेका व्यक्ति हुन् । तदर्थ समितिमा रहँदा पार्टी संगठन निर्माणमा खेलेको भूमिकाकै कारण उनलाई प्रदेशका प्रतिनिधिहरूले पुनः निर्वाचित गरेको बताइएको छ ।

सोमबारदेखि सुरू भएको प्रदेश अधिवेशनले सभापतिको टुंगो लगाए पनि कार्यसमितिका अन्य पदहरूको चयन भने बाँकी नै छ । निर्वाचन समितिका अनुसार अन्य रिक्त पदहरूका लागि आजै दिउँसो २ बजेपछि मतदान हुने कार्यतालिका छ ।

रञ्जना

Link copied successfully