रास्वपा डोटीको सभापतिमा बलायर पुन: चयन

समितिका उपसभापतिमा धनबहादुर बोहरा, सचिवमा बिष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमा शारदा श्रेष्ठ चयन भएका छ ।

जेष्ठ २६, २०८३

मोहन पनेरु

Balayar re-elected as President of RSVP Doti

डोटी — राष्ट्रियस्वतन्त्र पार्टी (रास्वपा) डोटीको जिल्ला अधिवेशनबाट केशव बलायर सभापतिमा पुन: चयन भएका छन् ।

डोटीको राजपुरस्थित सेती सभाहलमा सम्पन्न जिल्ला अधिवेशनले बलायरलाईसभापतिमा सर्वसम्मत चयन गरेको हो । डोटीको शिखरनगरपालिका११ निवासी बलायर रास्वपाडोटीका संस्थापक सदस्य हुन् । २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमाबलायर रास्वपाको तर्फबाट उम्मेदवार समेत भएकाथिए ।

पहिलो अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिकाउपसभापतिमा धनबहादुर बोहरा, सचिवमाबिष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमाशारदा श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमामोहना साउँद, टेक बोगटी,इन्द्रखड्का, खिमबहादुर बिठाडी, लाल भुल, केशव परियार,कविरामखत्री र सन्तोष भण्डारी चयन भएका छन् ।

मोहन

Link copied successfully