रास्वपा बझाङको सभापतिमा सत्यराज उपाध्याय

सभापति पदका अर्का आकांक्षी नरेन्द्र खड्काले उम्मेदवारी फिर्ता लिएपछि उपाध्याय सर्वसम्मत भएका हुन् । उपसभापति र सचिव पदका लागि भने मतदान भएको थियो ।

जेष्ठ २५, २०८३

वसन्तप्रताप सिंह

Satyaraj Upadhyay elected as President of RSVP Bajhang

बझाङ — लामो रस्साकसीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दुई दिनसम्म चलेको अधिवेशनले सभापतिमा सत्यराज उपाध्यायलाई सर्वसम्मत चयन गरेको हो ।

सभापति पदका अर्का आकांक्षी नरेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उपाध्याय सर्वसम्मत भएका हुन् । उपाध्याय यसअघि पनि रास्वपाका जिल्ला सभापति थिए । 

उपसभापति र सचिव पदका लागि भने निर्वाचन भएको थियो । निकै प्रतिष्पर्धात्मक देखिएको उपसभापतिमा रामबहादुर देवार ९९ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने अर्का आकांक्षी अरुणकुमार रोकायाले ८८ मत प्राप्त गरेका थिए । 

त्यसैगरी सचिव पदका लागि भएको निर्वाचनमा अशोक मल्ल ११६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र जोशीले ६६ मत प्राप्त गरेका थिए । यस्तै, सहसचिवमा मुकेश ऐडी, कोषाध्यक्षमा आरती भाट जप्रेल चयन भएको रास्वपा केन्द्रीय समिति सदस्य शैलेशकुमार सिंहले जानकारी दिए । अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully