सचिवमा राकेशबहादुर चन्द निर्वाचित भएका छन् ।
कञ्चनपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कञ्चनपुरको सभापतिमा पदमबहादुर विष्ट निर्वाचित भएका छन् । आइतबार राती अबेर सम्पन्न मतगणना अनुसार उनी १ सय ९७ मत ल्याएर निर्वाचित भएका हुन् । सभापतिका अर्का उम्मेद्वार नविन चन्दले ६१ मत मात्र ल्याए ।
यसैगरी, सचिवमा राकेशबहादुर चन्द निर्वाचित भएका छन् । चन्दले १ सय ९५ मत ल्याए भने सचिवका अर्का उम्मेद्वार रामदत्त भट्टले ५५ मत ल्याए ।
