गगन थापालाई मुख्यमन्त्री शाहको सुझाव : ‘पार्टीभित्रका भाइरसबाट जोगिनुस्’

धनगढीमा आयोजित भेलामा मुख्यमन्त्री कमलबहादुर शाहले सभापति देउवाको पार्टीभित्रको सम्मान र स्थानबारे नेतृत्वसँग सार्वजनिक रूपमा प्रष्टीकरण मागेका छन् ।

वैशाख २६, २०८३

रञ्जना बिसी

Chief Minister Shah's suggestion to Gagan Thapa: 'Protect yourself from the virus within the party'

कैलाली — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टीभित्रको स्थान र सम्मानबारे नेतृत्वसँग प्रष्टीकरण माग गरेका छन् ।

धनगढीमा आयोजित प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सभापति गगन थापातर्फ लक्षित गर्दै देउवालाई निर्वाचनको टिकटबाट किन वञ्चित गरियो भनी प्रश्न उठाएका हुन् ।

पार्टीभित्रको आन्तरिक समीकरण र नेतृत्वको भूमिकामाथि टिप्पणी गर्दै शाहले प्रश्न गरे, ‘आदरणीय नेता शेरबहादुर देउवाको स्थान र हैसियत के हो ? स्पष्ट पार्न अनुरोध गर्दछु ।’

उनले गगन थापालाई नेताका रूपमा स्वीकार गर्न आफूलाई कुनै आपत्ति नरहेको बताउँदै सिंगो कांग्रेसलाई एकीकृत बनाएर लैजाने जिम्मेवारी कुशलतापूर्वक निभाउन आग्रह गरे । मुख्यमन्त्री शाहले पार्टीलाई बलियो बनाउन सबैलाई समेट्नुपर्नेमा जोड दिएका थिए ।

उनले केन्द्रीय कार्यसमितिभित्रै भाइरस रहेको दाबी गर्दै थापालाई सचेत गराए । ‘तपाईंकै कार्यसमितिमा केही भाइरस पनि छन्, समाप्त पार्न सक्छन् । सचेत रहनुहोला,’ उनले भने ।

रञ्जना

Link copied successfully