डोटीमा हुलाकमार्फत घरघरमै राहदानी वितरण

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले नजिकका क्षेत्रमा दुई दिनभित्रै हुलाकमार्फत राहदानी घरमै पुर्‍याइने बताइन्।

वैशाख २३, २०८३

मोहन पनेरु

Door-to-door passport distribution through post in Doti

डोटी — जिल्ला प्रशासन कार्यालय डोटीले हुलाक सेवामार्फत घरघरै राहदानी वितरण सुरु गरेको छ।

नेपाल सरकारको नीतिअनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सेवाअन्तर्गत राहदानी, नागरिकताको प्रतिलिपि र सवारी चालक अनुमतिपत्र लगायतका कागजात अब सेवाग्राहीको घरमै पुर्‍याइनेछ। यसका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच सम्झदारी-पत्रमा हस्ताक्षर भइसकेको छ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले नजिकका क्षेत्रमा दुई दिनभित्रै हुलाकमार्फत राहदानी घरमै पुर्‍याइने बताइन्। उनका अनुसार बोगटान फुड्सिल गाउँपालिकामा पाँच दिन, बडीकेदार गाउँपालिकामा सात दिन, सायल गाउँपालिकामा दुई दिन र जोरायल गाउँपालिकामा पाँच दिनभित्रै सेवाग्राहीको घरमा राहदानी पुग्नेछ।

उनले आजबाट जिल्ला प्रशासन कार्यालयमै हुलाक सेवा काउन्टर सञ्चालनमा आएको जानकारी दिँदै बायोमेट्रिक गर्ने समयमा सेवाग्राहीले घरमै पुर्‍याइदिन अनुरोध गरेमा हुलाकमार्फत घरमै राहदानी उपलब्ध गराइने बताइन्।

मोहन

Link copied successfully