अमरगढीको बसपार्क निर्माण रोकियो

निर्माणस्थलभित्र रहेका पोल नसारिँदा मेसिन प्रयोग गरी जमिन सम्याउनेजस्ता प्रारम्भिक कामसमेत गर्न कठिनाइ भएको छ । यसले काममा जोखिम बढाएको छ भने निर्माण प्रक्रिया नै रोकिएको अवस्था छ ।

वैशाख १०, २०८३

तर्कराज भट्ट

Amargadhi bus park construction halted

What you should know

डडेलधुरा — अमरगढी–८, डकलेमा निर्माणाधीन बसपार्कको काम फेरि अवरुद्ध भएको छ । निर्माणस्थलमा रहेका विद्युत्‌का पोल तथा लाइन स्थानान्तरण हुन नसक्दा काम रोकिएको हो । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीमार्फत बसपार्क निर्माण भइरहेको हो ।

बसपार्क निर्माणका लागि २०८१ जेठ ३२ गते सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार १७ महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो । १० करोड ३० लाख १६ हजार ९९० रुपैयाँ लगानी रहेको छ । मालिका–कालिका जेभीले निर्माण गरिरहेको छ । सुरूदेखि नै विभिन्न अवरोधका कारण परियोजना प्रभावित हुँदै आएको छ । सुरूमा रुख कटानको विषयले निर्माण रोकिएको थियो । क्षतिपूर्ति विवाद टुंगो नलाग्दा काम अघि बढ्न सकेको थिएन ।

पछि २०८१ चैततिर निर्माण क्षेत्रमा पर्ने रुखको क्षतिपूर्तिस्वरूप एक करोडभन्दा बढी रकम नेपाल सरकारको वन विकास कोषमा जम्मा गरिएपछि मात्र कटान अनुमति प्राप्त भएको थियो । सोही अनुमति पाएपछि गत असार महिनाबाट निर्माण कार्य सुरू गरिएको थियो । तर काम अघि बढ्न थालेकै बेला अहिले फेरि विद्युत संरचना स्थानान्तरणको समस्या देखिएको छ ।

निर्माणस्थलभित्र रहेका पोल नसारिँदा मेसिन प्रयोग गरी जमिन सम्याउनेजस्ता प्रारम्भिक कामसमेत गर्न कठिनाइ भएको छ । यसले काममा जोखिम बढाएको छ भने निर्माण प्रक्रिया नै रोकिएको अवस्था छ ।

Amargadhi bus park construction halted

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीका प्रमुख तुल्सीराम खर्बुजाले बसपार्क निर्माणस्थलमा रहेका विद्युतका पोलहरू समयमै स्थानान्तरण हुन नसक्दा काम अघि बढाउन समस्या परेको बताएका छन् । उनका अनुसार पोल नसारिँदासम्म निर्माणस्थलमा आवश्यक मेसिन प्रयोग गरेर जमिन सम्याउनेजस्ता प्रारम्भिक कामसमेत गर्न कठिनाइ भइरहेको छ, जसले काममा प्राविधिक जोखिमसमेत बढाएको छ ।

प्रारम्भिक ठेक्का सम्झौता गर्दा एउटा मात्र पोल सार्ने अनुमानका आधारमा चार–पाँच लाख रुपैयाँ मात्रै बजेट छुट्याइएको उनले जानकारी दिए । तर फिल्डमा काम सुरू भएपछि थप पोलहरू समेत स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएकाले लागत बढ्ने स्थिति बनेको उनले बताए । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार निर्माणस्थलभित्र रहेका विद्युत् संरचना स्थानान्तरणका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा भइसकेको छ ।

तर्कराज

Link copied successfully