बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष पक्राउ

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वैशाख ४, २०८३

भवानी भट्ट

Beldandi Rural Municipality Vice-Chairman arrested

कञ्चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । कर्तव्य  ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीका अनुसार बेलडाँडी-३ खैरीघाटका हरिकिसन रानाको मृत्यु घटनाको अनुसन्धानका लागि उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो । ‘आफन्तले जाहेरी दिएका छन्, त्यसकै आधारमा पक्राउ गरिएको हो,’ उनले भने । 

एक वर्षअघि २०८२ वैशाख ९ मा बेलौरी नगरपालिका-१० शिवनगरमा राना जलेको अवस्थामा मृत भेटिएका थिए । परिवार र आफन्तजनले दोषीको पहिचान गरी आवश्यक कारबाहीको माग गर्दै आएका थिए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully