शौचालयको लागि पानी संकलन गर्न बनाइएको खाल्डोमा डुबेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी बझाङका प्रहरी निरीक्षक दिपक विष्टले बताए ।
बझाङ — बित्थडचिर गाउँपालिकामा खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु छ ।
मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–१ का गगन बोहराका ५ वर्षीय छोरा जेनिस र सोही ठाउँका सन्तोष बोहराकी ६ वर्षकी छोरी प्रिन्सा रहेका छन् ।
शौचालयको लागि पानी संकलन गर्न बनाइएको खाल्डोमा डुबेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी बझाङका प्रहरी निरीक्षक दिपक विष्टले बताए ।
उनका अनुसार खेल्दा खेल्दै पोखरीमा डुबेका बालबालिकाको बिहीबार दिउँसो सवा २ बजेतिर मृत्यु भएको हो । घटनास्थलमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।