डाेटीको सुधारगृहमा क्षमताभन्दा बढी बालबिज्याइँकर्ता

२५ जना क्षमता रहेको सुधारगृहमा हाल ३४ बालबिज्याइँकर्ता छन् ।

चैत्र ३०, २०८२

मोहन पनेरु

Child laborers over capacity at Doti's reformatory

डोटी — डोटीको बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबिज्याइँकर्ता भएपछि बालबालिकाको दैनिकी चुनौतीपूर्ण बनेको छ ।२५ जना क्षमता रहेको सुधारगृहमा हाल ३४ बालबिज्याइँकर्ता छन् ।

सीमित संरचना र स्रोतबीच व्यवस्थापन गर्नुपर्ने यो अवस्थाले सुधारगृहको दैनिकी चुनौतीपूर्ण बनिरहेको हो ।

सुदूरपश्चिमका पहाडी जिल्लाबाट आएका बालबिज्याइँकर्ताहरू यहाँ एकै छानामुनि अनुशासन र सुधारको अभ्यासमा छन् । उपलब्ध तथ्यांकअनुसार बैतडी र अछामबाट सबैभन्दा धेरै ८/८ जना रहेका छन् । बझाङका ५, दार्चुलाका ४, डोटीका ४, डडेलधुराका ३ र बाजुराका २ जना बालबिज्याइँकर्ता सुधारगृहमा छन् । फरक–फरक भौगोलिक र सामाजिक पृष्ठभूमिबाट आएका यी सबै अहिले नयाँ जीवनतर्फ उन्मुख हुन प्रयासरत छन् ।

कैलाली र कञ्चनपुरबाट आएकालाई भने डोटीमा नराखी बर्दियास्थित सुधारगृहमा पठाउने गरिएको बाल सुधारगृहकी प्रमुख सानुमाया गुरुङले बताइन् । व्यवस्थापन र पहुँचको दृष्टिले यस्तो व्यवस्था मिलाइएको उनको भनाइ छ ।

सुधारगृहभित्र बस्ने बालबिज्याइँकर्तालाई सुधारसँगै शिक्षामा पनि जोड दिइएको छ । यस वर्ष ५ जनाले माध्यमिक शिक्षा परीक्षा समेत दिएका छन् ।

सुधारगृहमा रहेका जिन्सी सामानहरूले ठाउँ बढी ओगट्ने भएकाले ती सामग्री जिल्ला प्रशासन कार्यालयमा राखिएको प्रमुख गुरुङले बताइन् ।

जेन-जी बन्दोलनका क्रममा १२ जना बालबिज्याइँकर्ता भागेका थिए । उनीहरु अझै फरार रहेका गुरुङले जानकारी दिइन् ।

मोहन

Link copied successfully