कञ्चनपुर कारागारमा कैदीबन्दी बीच झगडामा ५ जना घाइते

बुधबार मध्यान्ह कारागारमा रहेका ३७२ जना कैदीबन्दीमध्ये केहीबीच आपसमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चैत्र २५, २०८२

हरिश्चन्द्र बाग

5 injured in fight between inmates at Kanchanpur Jail

कञ्चनपुर — भीमदत्त नगरपालिका-१८ भगतपुरस्थित कञ्चनपुर कारागारभित्र कैदीबन्दीबीच झगडा हुँदा ५ जना घाइते भएका छन् ।

बुधबार मध्यान्ह कारागारमा रहेका ३७२ जना कैदीबन्दीमध्ये केहीबीच आपसमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनामा घाइते भएका कैदीबन्दीहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा नगरपालिका-११ का १९ वर्षीय भुवन नाथ, सोही स्थानका २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका-७ का आयुष बम र बेलौरी नगरपालिका-८ का राजु दमाई रहेका छन् ।  

घटनापछि प्रहरी निरीक्षकको कमाण्डमा १९ जनाको टोली खटाइएको र कारागारको अवस्था हाल नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हरिश्चन्द्र

Link copied successfully