विपद् प्रतिकार्य सुदृढ बनाउन अन्तरपालिका स्रोत साझेदारी संयन्त्र गठन

कार्यशालामा कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका तथा कैलालीका गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजकसहित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

चैत्र २४, २०८२

तर्कराज भट्ट

Inter-municipal resource sharing mechanism formed to strengthen disaster response

What you should know

डडेल्धुरा — विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहबीच अन्तरपालिकास्तरीय स्रोत साझेदारी संयन्त्र गठन गरिएको छ। कैलालीको गोदावरी नगरपालिकाको आयोजना तथा विभिन्न अन्तर्राष्ट्रिय निकायको सहकार्यमा सम्पन्न कार्यशालाबाट अन्तरपालिका स्रोत साझेदारी संयन्त्र गठन गरिएको हो।

युरोपेली आयोग मानवीय सहायता विभागको आर्थिक सहयोग तथा यूएनडीपी, यूएन वुमन, युनिसेफ, हेन्डिक्याप इन्टरनेसनलको सहयोग तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराद्वारा सञ्चालित ‘सुपर–दोस्रो चरण परियोजना’ अन्तर्गत पालिकास्तरीय कार्यशाला आयोजना गरिएको थियो।

कार्यशालामा कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका तथा कैलालीका गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजकसहित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा स्थानीय तहहरूबीच विपद् व्यवस्थापनका लागि स्रोत साझेदारीको आवश्यकता, यसको व्यावहारिक कार्यान्वयनका उपाय तथा हाल देखिएका चुनौती र सम्भावनाबारे छलफल गरिएको थियो। सहभागीहरूले विपद्का बेला एक्लाएक्लै काम गर्नुभन्दा सामूहिक संयन्त्रमार्फत स्रोत परिचालन गर्दा प्रभावकारिता बढ्ने निष्कर्ष निकालेका छन्।

कार्यशालाबाट गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको संयोजकत्वमा अन्तरपालिका स्रोत साझेदारी संयन्त्र समिति गठन गरिएको छ। समितिमा सहभागी पाँचवटै स्थानीय तहका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ। समितिले विपद् व्यवस्थापनसम्बन्धी गतिविधि सुदृढ गर्न प्रत्येक दुई महिनामा नियमित बैठक बस्ने, अनुभव आदान–प्रदान गर्ने तथा साझा कार्ययोजना तयार गर्ने, स्थानीय तहहरूबीच समन्वय, सूचना आदान–प्रदान र सहकार्यलाई अझ मजबुत बनाउने, अन्तरपालिका सञ्जाल विस्तार गर्ने तथा संयुक्त कार्ययोजना निर्माण गर्ने निष्कर्ष निकालेको छ। यसले विपद् पूर्वतयारी र प्रतिकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदले यस्तो संयन्त्रले भविष्यमा विपद् व्यवस्थापनमा एकीकृत प्रयासलाई संस्थागत गर्दै स्थानीय तहहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

तर्कराज

Link copied successfully