तत्कालीन नाउपाबाट मन्त्री भएका रामेश्वर चौधरीलाई आर्थिक चलखेलको आरोपमा गत असार १९ गते बर्खास्त गरेपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।
धनगढी — लामो समयदेखि रिक्त रहेको सुदूरपश्चिम सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कांग्रेसका सांसद शिवराज भट्ट नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा सोमबार प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मन्त्री नियुक्त गरेका हुन् । भट्टलाई प्रदेश प्रमुख मियाँले सोमबारै शपथ गराएका छन् ।
तत्कालीन नाउपाबाट मन्त्री भएका रामेश्वर चौधरीलाई आर्थिक चलखेलको आरोपमा गत असार १९ गते बर्खास्त गरेपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।
कांग्रेस संसदीय दलको बैठकले सोमबार भट्टलाई मन्त्री नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । उनी बैतडी प्रदेशसभा (२) बाट निर्वाचित सांसद हुन् ।