मालपोत कार्यालय हातामा लेखापढी व्यवसायको लाइसेन्स नभएका ६ जना र यातायात व्यवस्था कार्यालयबाट ६ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
धनगढी — कैलाली प्रहरीले बिहीबार धनगढीस्थित मालपोत कार्यालय कैलाली र यातायात व्यवस्था कार्यालय धनगढी परिसरबाट १२ जना पक्राउ गरेको छ ।
मालपोत कार्यालय हातामा लेखापढी व्यवसायको लाइसेन्स नभएका ६ जना र यातायात व्यवस्था कार्यालयबाट ६ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले ती कार्यालयमा विचौलियाको काम गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
अनुगमनका क्रममा गैरकानुनी ढंगले काम गरिरहेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए । उनीहरुमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर हुने बारेमा छलफल भइरहेको तिमिल्सिनाले बताए ।
