सिँचाइ कार्यालय दार्चुलाका कर्मचारी सवार जिप दुर्घटना : २ को मृत्यु, ४ घाइते

दुर्घटनामा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र अर्का कर्मचारी भरत तितराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चैत्र १७, २०८२

मनोज बडू

Jeep accident involving employees of Irrigation Office, Darchula: 2 dead, 4 injured

काठमाडौँ — दार्चुलाको शैल्यशिखर नगरपालिका–४, ओसिल कोदेखालामा जिप दुर्घटना भएको छ । सिँचाइ कार्यालयका कर्मचारी सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मंगलबार बिहान ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र अर्का कर्मचारी भरत तितराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिपमा सवार अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा शैल्यशिखर नगरपालिका–४ निवासी अकबर महर, सोही स्थानका गाडी साहु विक्रम महर, चालक प्रकाश ठगुन्ना र मालिकार्जुन गाउँपालिका–५, डाँडाकोट निवासी मिनबहादुर पाल रहेका छन् । 

जीप दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully