किशोरीमाथि चार दिनअघि बिहीबार जबरजस्ती करणी गरेको उजुरी दर्तापछि युवकलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
धनगढी — कैलाली घर भएकी एक किशोरीमाथि बलात्कारको आरोपमा कैलालीको जानकी गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।
जानकी गाउँपालिका-७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई इलाका प्रहरी कार्यालय कैलालीले आइतबार राति पक्राउ गरेको हो ।
चौधरीले १५ वर्षीया किशोरीमाथि चार दिनअघि बिहीबार जबरजस्ती करणी गरेको उजुरी दर्ता भएपछि पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार किशोरीका अभिभावकका अनुसार घरनजिकै खेतको थुप्रोमा लिएर जबरजस्ती करणी गरेको भन्दै आइतबार उजुरी दिएपछि चौधरीलाई पक्राउ गरिएको हो ।
किशोरीको स्वास्थ्य परीक्षण गरी आमाको जिम्मा लगाइएको छ भने आरोपित चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुरमै राखिएको प्रवक्ता तिमिल्सिनाले बताए ।
