उनले नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९ सय ४० मतले पराजित गरेका हुन् ।
बैतडी — प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीबाट रास्वपाका हरीमोहन भण्डारी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९ सय ४० मतले पराजित गरेका हुन् ।
भण्डारीले २२ हजार १ सय ३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली चन्दले १८ हजार १ सय ९४ मत ल्याए । त्यस्तै नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरे ।
बैतडी २०७० सालदेखि लगातार जीत हासिल गर्दै आएको नेकपा एमालेको किल्ला बनेको बैतडी यो बर्ष रास्वपाले भत्काई दिएको हाे।
याे क्षेत्रमा ११ जनाले प्रयास गरेपनि अन्तिममा रास्वपाका हरिमोहन भण्डारी सफल भएका हुन् ।
बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता मध्ये ७२ हजार ८४३ जनाले मतदान गरेका थिए ।
