कैलाली-३ मा रास्वपाका जगतप्रसाद जोशी विजयी

नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीलाई ८ हजार ३७६ मतले पछि पार्दै जोशी विजयी भएका हुन्।

फाल्गुन २३, २०८२

रञ्जना बिसी

Jagat Prasad Joshi of Rashtriya Swayamsevak Sangh (RSS) wins in Kailali-3

कैलाली — कैलाली-३ मा रास्वपाका जगतप्रसाद जोशी विजय भएका छन्। निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीलाई ८ हजार ३७६ मतले पछि पार्दै जोशी विजय भएका हुन्।

उनले २० हजार ३५९ मत प्राप्त गर्दा नेकपाका चौधरीले ११ हजार ९८३ मत प्राप्त गरेका हुन्। कांग्रेसका बलियो उम्मेदवार मानिएका भीम बडुवाल तेस्रो स्थानमा झरेका छन्। उनले ९ हजार ७०६ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत ल्याएका छन्। यस क्षेत्रमा नेकपा एमाले चौथो स्थानमा झरेको छ। एमाले उम्मेदवार गौरीशंकर चौधरीले ४ हजार ७५२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बहादुर बमले २०३४७ मत प्राप्त गरे।

रञ्जना

Link copied successfully