एमाले उम्मेदवार सूर्यबहादुर थापाले ९ सय ३३ मत प्राप्त गरेका छन् भने कांग्रेसका विजयबहादुर स्वारले ८ सय १० मतका साथ उनलाई पछ्याइरहेका छन्।
कैलाली — कैलाली क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । ३ हजार ७ सय ६ मत गणना हुँदा एमाले उम्मेदवार सूर्यबहादुर थापाले ९ सय ३३ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजयबहादुर स्वारले ८ सय १० मत प्राप्त गरेका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ८ सय ५ मत प्राप्त गर्दा रास्वपाका केपी खनालले ८९ मत प्राप्त गरेका छन्।
चकिया चुनाव चिन्ह लिएर नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बनेका पतिराम चौधरीले ५३ र नेसनल रिपब्लिक नेपालका उम्मेदवार दलबहादुर बुच्चा मगरले ३५ मत पाएका छन्।
गणना भएका मतमध्ये २ सय मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
