कञ्चनपुर– १ मा रास्वपा र एमालेबीचको मतान्तर घट्यो

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी १ हजार ७७ मतसहित अग्रस्थानमा रहेका छन् ।

फाल्गुन २२, २०८२

हरिश्चन्द्र बाग

The vote gap between the RSVP and UML has narrowed in Kanchanpur-1.

कञ्चनपुर — प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी १ हजार ७७ मतसहित अग्रस्थानमा रहेका छन् । 

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले १ हजार २९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बीना मगरले ५८३ मत प्राप्त गरेकी छन् ।यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्यायले ४२५ मत प्राप्त गरेका छन् । 

अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छ :

माइकल तामाङ (उज्यालो नेपाल पार्टी)- २०३ 

दिल्ली बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी)- ४७ 

रुपा देवी बिष्ट (स्वतन्त्र)- ३६ 

सिता वि.क. (आम जनता पार्टी)- ९ 

कृष्ण बहादुर चौधरी (नागरिक उन्मुक्ति पार्टी)- ८ 

यादव सिंह (स्वतन्त्र)- ८ 

पुरन राना थारु (नेपाल कम्युनिस्ट पार्टी - माओवादी)- ८ 

राजा राम डगौरा चौधरी (राष्ट्रिय जनमोर्चा)- ५ 

देपेन्द्र बहादुर शाही (प्रगतिशील लोकतान्त्रिक पार्टी)- ५ 

दानियल वि.क. (संयुक्त नागरिक पार्टी)- ४ 

अनिल राना (स्वतन्त्र)- ४ 

हुम बहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन)- ३

कटक बहादुर शाही (नेपाल मजदुर किसान पार्टी) - २

अन्य उम्मेदवारहरूले हालसम्म मत प्राप्त गरेका छैनन् । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल १ लाख १ हजार ७२४ मतदाता रहेको क्षेत्र नम्बर १ मा ६१ हजार ७४ मत खसेको छ । जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता रहेका छन् । यस क्षेत्रमा ६०.०३ प्रतिशत मतदान भएको छ । १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

हरिश्चन्द्र

Link copied successfully