शुक्रबार राति साढे ११ बजेसम्मको मतगणनामा रास्वपाका जोशीले ५ हजार २६८ मत प्राप्त गरेका छन्।
डडेलधुरा — डडेलधुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ताराप्रसाद जोशीले अग्रता कायम राखेका छन्।
शुक्रबार राति साढे ११ बजेसम्मको सार्वजनिक मतगणनामा रास्वपाका जोशीले ५ हजार २६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले ३ हजार १९५ मत पाएका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह मालले ३ हजार ५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले १ हजार ३३७ मत पाएका छन्।
अन्य उम्मेदवारतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले १३१ मत पाएका छन्। श्रम संस्कृति पार्टीका महेन्द्र पुन मगरले १११ मत ल्याएका छन् भने जय मातृभूमि पार्टीका लक्ष्मी दत्त भट्टले ३२ मत प्राप्त गरेका छन्।
राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विकले २८ र नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज भट्टले १९ मत प्राप्त गरेका छन्। आम जनता पार्टीका खडकबहादुर ठकुराठीले ४ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवारतर्फ गौरवबहादुर ऐरले १० मत, तीर्थराज उप्रेतीले २० मत र सुरेन्द्र रावलले ५ मत प्राप्त गरेका छन्। डडेलधुरामा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ।
